Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हमासले गर्‍यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

हमासले गर्‍यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ । यस सूचीमा नेपालका विद्यार्थी विपिन जोशी पनि परेका छन् ।

इजरायलले गाजा सहरमा आक्रमण तीव्र पारेसँगै हमासले बन्धक बनाइएका उनीहरुको तस्बिर सार्वजनिक गरेको हो । हमासको दस्ताले ती सबै ४८ जना कैदी बन्दी रहेको दाबी गरेको छ । तर सार्वजनिक गरिएका मध्ये केहीको निधन भइसकेको र केही अझै जीवितै रहेको जनाइएको छ।

सूचीमा देखाइएका सबै तस्बिरमा एउटै क्याप्सन “Ron Arad-” लेखिएको छ । यो नाम सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायु सेनाका क्याप्टेनसँग सम्बन्धित हो । हमासले प्रतीकात्मक अर्थका लागि उक्त नाम प्रयोग गरेको बताइएको छ ।

विपिन जोशीसहित अन्य बन्दीहरूको वास्तविक अवस्था र उनीहरू हाल कहाँ रहेका छन् भन्नेबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077