Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाढी–पहिरोले अवरुद्ध छन् देशभरका यी सडकखण्ड

बाढी–पहिरोले अवरुद्ध छन् देशभरका यी सडकखण्ड

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न राजमार्गहरू अविरल वर्षाका कारण अवरुद्ध भएको जानकारी गराउँदै यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा सडक अवरुद्ध भएका छन् ।

कोशी प्रदेशमा सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोजपुर गाउँपालिका–४ वरुण सडक खण्ड पूर्ण रूपमा बन्द छन्।

बागमती प्रदेशअन्तर्गत रसुवामा पहिरोका कारण नेपाल–चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२ सडक खण्ड अवरुद्ध छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि सडक बन्द भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा चितवनको इच्छाकामना–५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द भएको छ।

लुम्बिनी प्रदेशमा बागलुङको कालीखोला सडक खण्ड र नवलपरासी पूर्वको विन्ध्यावासिनी–२ विश्वकर्मा मन्दिर सडक खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ।

यस्तै, कर्णाली प्रदेशमा रुकुम पूर्वको भुमे–८ कोइडाबगर सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ भने जाजरकोटको नलगाड–११ भिरकुना सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न यात्रुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077