Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आन्दोलनको लिडर हुँ भन्दै नहिँड्न सुदन गुरुङलाई घाइते जेनजीको चेतावनी

आन्दोलनको लिडर हुँ भन्दै नहिँड्न सुदन गुरुङलाई घाइते जेनजीको चेतावनी

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घाइतेले हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका उनीहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन्।

बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरू अस्पतालको रिपोर्टसहित सिंहदरबार गेट पुगेका थिए । आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका थिए ।त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पुर्‍याइएको थियो।

गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदनसहित एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन्।

उनीहरूले गुरुङको गतिविधिमाथि प्रश्न उठाए। जेनजीको नेता भनेर मन्त्री छनोटका विषयमा जेनजीको भावना स्थापित गराउन नसकेको, संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा पनि जेनजीहरूले प्रश्न उठाएका छन्।

आफूहरू अस्पतालमा भएका बेला विभिन्न व्यक्तिले जेनजी आन्दोलनको नेतृत्वको दाबी गरे पनि उनीहरू नक्कली आन्दोलनकारी भएको आरोप उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077