Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्वास्थ्य मन्त्री बन्दै डा. संगीता कौशल मिश्रा

स्वास्थ्य मन्त्री बन्दै डा. संगीता कौशल मिश्रा

आइतवार , आश्विन ५, २०८२

काठमाडौं। डा. संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो।

सचिवमा बढुवा नगरिएपछि बिदामा बसिरहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ हुन् ।

उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्। गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी बिदामा बसेकी हुन्।

तत्कालीन सरकारका अधिकारीहरूले भने मिश्रको नागरिकता विवादित भएकाले सचिव नबनाएको बताएका थिए।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्।  मन्त्री बन्ने भएपछि उनले पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले बताएको छ।

यसअगाडि डाक्टर भगवान कोइराला र डा। सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय लिन अस्वीकार गरेका थिए । त्यसपछि तेस्रो रोजाइमा मिश्रलाई स्वास्थ्यको जिम्मेवारी दिन लागिएको हो ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077