Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै काठमाडौं महानगर

दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै काठमाडौं महानगर

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्यसहित दुर्गम क्षेत्रका गाउँपालिकामा एम्बुलेन्स वितरण गर्ने भएको छ।

महानगरका मेयर बालेन साहले सोमबारदेखि वितरण प्रक्रिया सुरु हुने जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्यलाई पुनः निरन्तरता दिँदै पहिलो चरणमा देशभरका दुर्गम र स्वास्थ्य सुविधामा पिछडिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिने महानगरले जनाएको छ।

एम्बुलेन्स वितरण पारदर्शी मापदण्डका आधारमा गरिएको बताउँदै मेयर साहले स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार भएको उल्लेख गरेका छन्।

उनले भने,`देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो। यो मात्र सुरुवात हो, कसैलेस्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।´

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077