Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा लिलाम बिक्री गरिने, संरचना पुनर्निर्माणमा भन्सार छुट

क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा लिलाम बिक्री गरिने, संरचना पुनर्निर्माणमा भन्सार छुट

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार खाताबाट यस्तो सामान मिनाहा गर्ने र कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय भएको छ ।

केन्द्रका हकमा सहरी विकास मन्त्रालय र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी त्यस्तो समितिले यो काम गर्ने निर्णय भएको छ ।

आन्दोलनमा भएको क्षतिको आकलन गर्नसमेत सरकारले समिति बनाउने निर्णय गरेको बताइएको छ । यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको सम्पत्तिको पुननिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्नका लागि नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न किसिमका राहतका सुविधाका कार्यक्रमहरु सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बीमाबाट अग्रिम रूपमा ५० प्रतिशतसम्म क्षतिको ५० प्रतिशतसम्म अग्रिम रूपमा बीमा कम्पनी दिनुपर्ने गरी बीमा प्राधिकरणले व्यवस्था गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077