Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हेटौँडामा ट्यांकर, ट्रक र बस आपसमा ठोकिँदा ३१ जना घाइते

हेटौँडामा ट्यांकर, ट्रक र बस आपसमा ठोकिँदा ३१ जना घाइते

सोमवार , आश्विन ६, २०८२

हेटौँडा । मकवानपुरको हेटौंडा-१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077