Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंका सिडिओको किन भएन सरुवा ?

काठमाडौंका सिडिओको किन भएन सरुवा ?

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । जेनजीको आन्दोलनका खलपात्रमध्ये एक काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल हुन् ।

उनकै आदेशमा भदौ २३ गते प्रहरीले बानेश्वरमा बिद्यार्थीमाथि गोली चलाएको थियो। जसकारण आन्दोलनकारीले उनीमाथि कारबाहीको माग गर्दै आएका छन्।

तर, घटनाको दुई सातासम्म पनि रिजाल काठमाडौंको सिडिओमै छन्। जबकी काठमाडौंका तत्कालिन एसएपी विश्व अधिकारीलाई भने सोही घटनाका कारण सरुवा गरिएको छ ।

एसएसपीलाई हटाउने तथा सिडिओलाई भने त्यही राखेकोमा गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठ्न थालेको छ । सिडिओले राम्रो सुरक्षा योजना बनाउन नसक्दा २३ गतेको घटना भएको थियो ।

गृहमन्त्री अर्यालले केही दिनमा सिडिओ रिजालको सरुवा गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077