काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स वितरण गरेको छ ।
मंगलबारदेखि देशभरका ३५ वटा दुर्गम गाउँपालिकाहरूलाई राष्ट्रिय सभागृहबाट एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

-1758616288.jpeg)
महानगरले आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न २०८० असोज १० गते देशभरीका गाउँपालिकासँग २ वर्षअघि निवेदन मागेको थियो ।
सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट गरेर महानगरले गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउन थालेको हो । महानगरले एम्बुलेन्स खरिदका लागि उक्त आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।
आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण हुने भन्दै सामाजिक सञ्जालमा समेत हालेका थिए ।
-1758616286.jpeg)
-1758616285.jpeg)