काठमाडौं । मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
गत शुक्रबार ९असोज ३० साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो ।
यसअघि मंगलबार बिहान करिब ५स्४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।
पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।
माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन । जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन् ।