Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि नखुल्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि नखुल्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ ।

पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने बताइएको छ ।

सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077