Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामाजिक अभियान्ता आशिका तामाङको प्रधानमन्त्रीलाई खुला पत्र

सामाजिक अभियान्ता आशिका तामाङको प्रधानमन्त्रीलाई खुला पत्र

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुला पत्र लेख्दै जेनजीआन्दोलन’मा घाइते भएका युवाहरूको बारेमा सरकारको बेवास्ता भएको भन्दै गुनासो व्यक्त गरेकी छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत सहिद परिवारलाई लक्षित गरी सरकारले केही निर्णय गरेको भए पनि घाइते युवाहरूको उपचार र जीवनयापनसम्बन्धी समस्यामा सरकार मौन रहेको आरोप लगाएकी हुन् ।

'तपाईंहरू सरकारमा गएपछि पहिलो निर्णय घाइतेहरूलाई निःशुल्क उपचारको भने गर्नुभयो। तर सबै उपचार निःशुल्क हुँदैन। औषधि किन्नुपर्छ, ड्रेसिङ गर्न पैसा लाग्छ, बिरामी कुरुवालाई त झन् समस्या छ—कहाँ बस्ने, कहाँ खाने ?' भन्दै तामाङले पत्रमा उल्लेख गरेकी छन् ।

उनका अनुसार अधिकांश घाइतेहरू काठमाडौंमा कोठा भाडामा बस्ने, दैनिक मजदुरी गरेर जीविका चलाउने युवा हुन् ।

चोटपटकका कारण उनीहरूले कम्तीमा तीन महिना काम गर्न नसक्ने अवस्था रहेको र यो परिस्थितिमा उनीहरू थप मानसिक, भौतिक र आर्थिक संकटमा परेको तामाङको भनाइ छ।

यस्ता छन् उनका मागहरू

१. तत्काल घाइते परिवारलाई १ लाख सम्म उपलब्ध गराइयोस् ।
२. घाइते र वीरगति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् ।
३. ती निर्दोष भाइबहिनीहरूलाई गोली हान्न दिने हत्यारा अपराधीहरूलाई तुरुन्त कारबाही गरियोस् ।

'कति पीडा छ ती भाइबहिनीहरूलाई भोग्नेलाई मात्र थाहा हुन्छ,' तामाङले भनेकी छन् । उनले सरकारलाई घाइतेहरूको विषयमा यथाशीघ्र निर्णय लिन आग्रह गर्दै भगवान पशुपतिनाथले सबैको रक्षा गरून् भन्ने कामना गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077