Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अनावश्यक फोन र मेसेजले महावीर पुन हैरान

अनावश्यक फोन र मेसेजले महावीर पुन हैरान

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले अस्तीदेखि मोबाइल, मेसिन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेको जानकारी दिएका हुन् ।

आफू हाल मन्त्रालयमा सिर्जनशील र सक्षम टिम बनाउन व्यस्त रहेको उल्लेख गर्दै उनले केही दिनको लागि अनावश्यक सम्पर्क नगर्न आग्रह गरे ।

'म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला,' उनले स्टाटसमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077