Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

बुधवार , आश्विन ८, २०८२

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ उमरिचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएका छन् । घाइतेको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077