Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ : बालेन

तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ : बालेन

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो प्रतीक्षापछि यमबुद्ध स्केटबोर्ड पार्क निर्माण कार्यलाई अगाडि बढाएको छ ।

काठमाडौंका मेयर बालेन शाहका अनुसार करिब तीन वर्षदेखि विभिन्न अवरोधबीच अल्झिएको यो परियोजना अहिले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्दै अन्तिम चरणतर्फ अघि बढिरहेको हो ।

बालेनले मेयर पदमा निर्वाचित भएदेखि नै काठमाडौंलाई सबैका लागि आकर्षक र समावेशी सहर बनाउने लक्ष्य राखेको बताउँदै स्केटबोर्ड पार्क त्यस अभियानको हिस्सा रहेको उल्लेख गरेका छन् ।

प्रारम्भमा महानगरको वडानं १६ मा पार्क निर्माणको तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधन र त्यसपछिका प्रशासनिक कठिनाइका कारण पटक–पटक योजना अड्किएको थियो । सरकारले उपयुक्त जग्गा उपलब्ध गराउन नसक्दा तीन पटकसम्म प्रयास असफल भएको मेयर बालेनले बताए ।

तर काठमाडौं–५ का वडा अध्यक्ष विरेन्द्र प्रजापति र स्थानीय समुदायको अथक पहलमा १३ रोपनी सरकारी जग्गा सुरक्षित भएपछि अन्ततः २०८१ साल वैशाख २९ गतेदेखि निर्माण कार्य सुरु भएको हो।

मेयर शाहका अनुसार, यो पार्क केवल खेलमैदान मात्र नभई युवाहरूलाई संस्कृतिको अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077