Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुन: आगजनी

गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुन: आगजनी

आइतवार , आश्विन १२, २०८२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ ।

गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा परेको निवासमा आगो लगाएका हुन् ।

०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित मुख्यमन्त्रीका लागि भनेर प्रयोगमा ल्याइएको निवास प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाइएको थियो । प्रदेश सरकार बनेपछि उक्त भवनलाई नै मुख्यमन्त्री निवास बनाइएको थियो ।

सहिदचोकमा रहेको यो भवन भदौ २४ गते पनि जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीमा परेको थियो । प्रदेश सरकारले भवन प्रयोग गर्न मिल्ने र नमिल्ने भनेर प्राविधिक समिति गठन गरेको थियो ।

उक्त समितिले यो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने प्रतिवेदन बुझाएको थियो । प्रयोग गर्न मिल्ने प्रतिवेदन आएपछि भवनलाई मर्मत गर्ने तयारीमा सरकार थियो । तर, भवनमा पुनः आगजनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077