Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तुइन खोलामा पुन: पहिरो, सडक दुईतर्फी अवरुद्ध

तुइन खोलामा पुन: पहिरो, सडक दुईतर्फी अवरुद्ध

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनस् अवरुद्ध भएको छ ।

आज दिउसो १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन पूर्ण रुपमा बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ।

गत बिहीबार यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भए पनि आज पुनस् सो स्थानमा पहिरो झरेको हो।

यो सडक हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण अलपत्र परेका छन्।

सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077