Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सवारी परिक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल कारवाहीमा, छानबिन समिति गठन

सवारी परिक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल कारवाहीमा, छानबिन समिति गठन

सोमवार , आश्विन १३, २०८२

विराटनगर । सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई आर्थिक अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाइएको छ ।

सेवाग्राहीसँग घूस माग्ने, दुःख हैरानी दिएको भन्दै उनीहरूविरुद्ध उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार जिम्मेवारीबाट हटाएको हो ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका काम हुँदै आएको छ ।

कार्यालयमा भइरहेको आर्थिक अनियमितता  प्रमाणसहितको गुनासो सेवाग्राहीबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसमक्ष गुनासो पुगेको थियो ।​

त्यसलगत्तै मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए।

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवं अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077