Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

 फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन तालिका फेरिने, संघपछि स्थानीय तहको हुने

 फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन तालिका फेरिने, संघपछि स्थानीय तहको हुने

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन तालिका फेरिने भएको छ । पाँच वर्षे कार्यकाल पूरा नभइ प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव नहुने अवस्था आएको हो ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ मा  भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । त्यसपछि पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।

प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । त्यसकारण प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुन् लागेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका छन् ।

नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077