Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कालिमाटीमा करखुसी खोला किनारमा सडक कटान

कालिमाटीमा करखुसी खोला किनारमा सडक कटान

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । काठमाडौं महानगर १४ वडाको पुरानो कालिमाटी, बाफलमा रहेको नदिको बहाबले किनारमा रहेको सडक कटान भएको छ।

गए रातिदेखि निरन्तर वर्षाका कारण कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अहिले उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

त्यहाँ थप क्षति रोक्न काठमाडौँ महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा त्यहाँ बाँस, बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ ।

देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण मुख्य राजमार्गहरूमा लामो दूरीका सवारीसाधन सञ्चालन तिन दिनका लागि बन्द गरिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077