Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज रातिदेखि अर्को मनसुनी प्रणाली सक्रिय हुने

आज रातिदेखि अर्को मनसुनी प्रणाली सक्रिय हुने

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण गएरातीदेखि काठमाडौं उपत्यका सहित देशभर लगातार मुसल्धारे वर्षा भइरहेको छ ।

अहिले मुख्यगरी मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेशका पर्सा, सर्लाही, रौतहट, धनुसा, महोत्तरीमा धेरै पानी परेको छ ।

यस्तै धनकुटा, खोटाङ, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाण्डौ, चितवन, जाजरकोटमा मध्यमदेखि ठूलो वर्षा भईरहेको महाशाखाले जनाएको छ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा एक सय ४४ मिलिमिटर वर्षा भएको छ । बारामा एक सय ४० दशमलव ४, रौतहटको गौर वर्षा मापन केन्द्रमा एक सय २९ मिलिमिटर र महेशपुरमा एक सय २४ मिलिमिटर वर्षा भएको छ । विभागले बारा र पर्सामा ठूलो वर्षा भएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077