Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई आवश्यक सबै सहयोगका लागि भारत तयार छ : मोदी

नेपाललाई आवश्यक सबै सहयोगका लागि भारत तयार छ : मोदी

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढि पहिरोले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै अहिलेको कठिन अवस्थामा  सहयोग गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेका छन्- 'नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।'

देशभर वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको बेला छिमेकी मुलुक भारतको तर्फबाट मोदीको यस्तो भनाइ आएको हो

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077