Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेसँगको तस्विर शेयर गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने - नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं

रवि लामिछानेसँगको तस्विर शेयर गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने - नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं

बुधवार , जेठ २०, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। 

भारत भ्रमणमा रहेका सभापति लामिछानेले आज दिउसो भारतको प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको भन्दै सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । मोदीले भनेका छन्–‘साझा   र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।’

मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार भएको बताउँदै दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि बताएका छन् । 

ravi 1.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077