Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

काभ्रेमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

काभ्रेमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

बुधवार , आश्विन २२, २०८२

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-६ दुलालथोकमा बस र मिनिट्रक ठोकिँदा ८ जना घाइते भएका छन्।

आज दिउँसो काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५ ख ६८३ नम्बरको मिनि आईचरलाई ठक्कर दिँदा मिनि आइचर अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु छन् ।

ट्रकमा घाइते हुनेमा सिन्धुपालचोक चौतारा सागाचोकगढी नगरपालिकाका रेशम थापा, काभ्रे बेथानचोक गाउँपालिकाका आइत लाल तामाङ झापाका लाल बहादुर राई, सिन्धुपालचोक चौतारा सागाचोकगढी नगरपालिकाका शेरबहादुर तामाङ, सिन्धुपाल्चोककै फुर्वा तामाङ, मिनिट्रकका चालक भक्तपुर सूर्यविनायक नगरपालिकाका रामचन्द्र अधिकारी रहेका छन्

त्यस्तै बसमा सवार ११ जनामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका युक्तबहादु खत्री र बलेफी गाउँपालिकाका गोपिलाल पराजुली घाइते छन्।

ठक्कर खाएको मिनिट्रक सडकबाट ३० मिटर तल खसेको प्रहरीको भनाइ छ। बस चालक बर्ष २५ को सुमन बस्नेताई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077