काठमाडौं । वर्तमान सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
सरकारले त्यस सम्बन्धी निर्णय बिहीबारको मन्त्रिपरिषदको बैठकबाट गर्ने तयारी गरेको हो। मन्त्रिपरिषदको बैठक अहिले जारी रहेको छ ।
सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान लगायत रहेका छन् ।
त्यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले जनाएको छ।
उनीहरुलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किन निर्देशन दिइएको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।