Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या

जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या

शनिवार , कार्तिक ८, २०८२

नवलपरासी । जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका एक कैदीको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।

मृतक २८ वर्षीय नारायण कुमाल पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१, इँटाभट्टा नजिकै मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का डीएसपी मधु नेपालका अनुसार कात्तिक ६ गते राति स्थानीय युवाहरूको समूहले आक्रमण गर्दा कुमालको मृत्यु भएको हो।

घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक कुमाल कालिका नगरपालिका–४, पदमपुरका बासिन्दा हुन्। उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागारमा १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको सजाय भोग्दै थिए। २०७४ साउन ३ गते पक्राउ परेका कुमालको कैद अवधि २०८४ सालमा पूरा हुने क्रममा थियो।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारमा भएको तोडफोडपछि उनी अन्य कैदीहरूसँगै फरार भएका थिए। कारागार प्रशासनले फरार कैदीहरूलाई स्वेच्छाले फर्कन आग्रह गरेको थियो तर कुमाल त्यसपछि कारागारको सम्पर्कमा गएका थिएनन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077