Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पोखरामा चक्कु प्रहार गरी एक जनाको हत्या

पोखरामा चक्कु प्रहार गरी एक जनाको हत्या

शनिवार , कार्तिक ८, २०८२

पोखरा । पोखरा महानगरपालिका–५ मा चक्कु प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।

मृतक सोही स्थानका ४५ वर्षीय अनिल पराजुली रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भई मालेपाटन बसोबास गर्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान पोखरा–५ चिल्डेल पार्क नजिकै पराजुली अचेत अवस्थामा फेला परेका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा किशोर तिमिल्सिना र मृतक पराजुलीबीच सामान्य विवाद हुँदा तिमिल्सिनाले चक्कु प्रहार गरेको खुल्न आएको छ।

घटनामा प्रयोग भएको चक्कुसहित तिमिल्सिनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077