काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ ।
अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् ।
एक भिडियो अन्तर्वार्तामा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीको नियुक्ती गैरकानुनी भएको र उनी नैतिकताको आधारमा पदम बस्न नमिल्ने बताएका थिए ।
सोहि बिषयलाई लिएर साइबर मुद्दा लगाइएको अधिवक्ता नेपालले दाबी गरेका छन् ।
ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।
सोमबार छठको बिदा परेको हुनाले नेपालसँग मंगलबार फेरी सोधपुछ गरिने प्रवक्ता अवस्थीले बताएका छन् ।