Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एमालेको सचिवालय बैठक आह्वान

एमालेको सचिवालय बैठक आह्वान

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको छ । बैठकबाट पार्टीको ११औँ महाधिवेशनसँग सम्बन्धित तालिका तय गर्ने जनाइएको छ ।

बैठक भक्तपुरको गुन्डुमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकबाट महाधिवेशनको तालिका ल्याइने उनले बताए ।

गएको असोज २९ देखि ३१ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट ११औँ महाधिवेशन आउँदो मंसिर २७–२९ सम्म पोखरामा गर्ने निर्णय गरिएको थियो ।

सचिवालय बैठकबाट प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077