काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्।
व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन्।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन् ।
उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानूनी व्यवस्था छ ।
राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाइने प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताएका छन् ।
रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।
रानाभाटको राजीनामासँगै नेपाल प्रहरीमा ६ एसएसपी पद रिक्त भएको छ । यसअघि पाँच एसएसपी डिआईजीमा बढुवा भएका थिए ।
जसमा एक नम्बरमा रहेका एसएसपी विश्व अधिकारी छुटेका थिए ।