Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएको पेस्तोलबाट गोली चलाएको भिडिओ बनाउने युवक पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोलबाट गोली चलाएको भिडिओ बनाउने युवक पक्राउ

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्ने पेस्तोल लुटी त्यसैबाट गोली चलाएको भिडियो बनाउने एक युवकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली समेत बरामद गरेको जनाएको छ।

अनुसन्धानका अनुसार समीर श्रेष्ठले जेनजी आन्दोलनको भिडमा प्रहरीले प्रयोग गरेको पेस्तोल लुटी त्यसैबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

भिडियोमा उनी एक घरको छतमा बसेर चुरोट तान्दै पेस्तोल चलाइरहेको दृश्य देखिन्छ।

प्रहरीका अनुसार समीर ‘पटके कसुरदार’ पनि हुन् । उनलाई यसअघि प्रहरी वृत्त सोहैखुट्टेले अभद्र व्यवहारको मुद्दामा गत भदौ ६ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077