काठमाडौं । बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा भारी वर्षाको सम्भावना एवं बढीपहिरोको उच्च जोखिम पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिपी राजमार्गमा हिजोदेखि दुई दिन सवारीसाधन आवतजावतमा रोक लगाएको हो ।
प्रशासनका अनुसार, हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।
आज पनि साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।