Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पार्टीका नेताहरुलाई विस्थापन गर्न नसकेपछि समाजवादी अभियान सुरु गर्‍यौं : राम कार्की

पार्टीका नेताहरुलाई विस्थापन गर्न नसकेपछि समाजवादी अभियान सुरु गर्‍यौं : राम कार्की

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले यतिका वर्षसम्म संघर्ष गर्दा पनि पार्टीका नेताहरूलाई विस्थापन गर्न नसकेको भन्दै एकीकृत समाजवादी अभियान सुरु गर्न लागेको बताएका छन् ।

ललितपुरमा आज आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा नेता कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन पनि आह्वान गरे ।

पत्रकार सम्मेलनमा उनले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको बताएका थिए ।

संगठित भएका वा नभएका सबैलाई गोलबद्ध हुन आग्रह गर्दै उनले भने–‘विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन आह्वान गर्दछु ।’

जनार्दन शर्मा र अन्जना विशंखेलाई देखाउँदै उनले भने–‘उहाँ )जनार्दन)को दर्ज्यानी चिन्ह उपमहासचिव हो, मेरो सचिव हो, उहाँ (अन्जना) स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिन्ह मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिन्हहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077