Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विनोद चौधरीको चेतावनी - नयाँ अनुहार र ऊर्जा लिएर नबढे कांग्रेस कमजोर हुन्छ

विनोद चौधरीको चेतावनी - नयाँ अनुहार र ऊर्जा लिएर नबढे कांग्रेस कमजोर हुन्छ

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीले नयाँ सोच, अनुहार र ऊर्जा लिएर अघि नबढे आगामी चुनावमा कमजोर हुने चेतावनी दिएका छन्।

उनले कांग्रेसभित्रको परम्परागत सोच र नेताहरूको भाषणभन्दा पनि आजका युवाको मनोविज्ञान बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

एक कार्यक्रममा बोल्दै चौधरीले अहिले मतदाताको सोच र निर्णय प्रवृत्तिमा ठूलो परिवर्तन आएको बताउँदै भने, 'अब भोट नेताको भाषण सुनेर होइन, विदेश पुगेका युवाको फोनमा भएका कुराकानीका आधारमा खस्छ।'

उनका अनुसार आजका युवाहरूमा निराशा छाएको छ, र त्यस निराशालाई आशामा बदल्न सक्नु नै पार्टीका नेताहरूको जिम्मेवारी हो।

उनले थपे, 'हामी ठूलो पार्टी हौं, तर के निकास खोज्न सक्दैनौं? नयाँ ढंगले अगाडि बढ्न सकेनौं भने झन् कमजोर बन्छौं।'

चौधरीका अनुसार पार्टीभित्रका नयाँ अनुहार र ऊर्जाशील कार्यकर्तालाई अवसर नदिँदा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा पनि कमजोर दिशातर्फ जाने खतरा छ।

'जोश, जाँगर र क्षमता भएका युवालाई अघि ल्याउन सकिएन भने जुनसुकै पक्षले जिते पनि पार्टी कमजोर हुन्छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077