Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्छौं : ओली

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्छौं : ओली

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनले वर्तमान सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटनको सिफारिस गरेको आरोप लगाउँदै यो कदम ‘छाडातन्त्रतर्फ लैजाने असंवैधानिक प्रयास’ भएको बताएका छन्।

बिहीबार (कात्तिक २०) भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पार्टी नेता तथा कार्यकर्तासँगको भेटमा ओलीले भने, “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन भंग गरेको हो।”

उनका अनुसार सरकारसँग प्रतिनिधिसभा विघटन गर्ने नै संवैधानिक हैसियत थिएन। 'सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरे, राष्ट्रपतिज्यूले पनि संविधानको कुनै धारा नहेरी भंग गर्नुभयो, त्यो गर्नु हुँदैनथ्यो,' ओलीले भने।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि संविधानविपरीत कदम चालेको आरोप लगाए।

'राष्ट्रपतिज्यूले असंवैधानिक सरकारको सिफारिस स्वीकार गरेर गल्ती गर्नुभयो,' उनले स्पष्ट पार्दै भने, 'अब यसको विकल्प भनेको प्रतिनिधिसभा पुनर्स्थापना मात्रै हो, त्यसका लागि हामी आन्दोलनमा जानेछौं।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077