Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युक्रेनमा रुसद्धारा रातभर ५०३ मिसाइल प्रक्षेपण, अधिकांश भूभाग अन्धकार !

युक्रेनमा रुसद्धारा रातभर ५०३ मिसाइल प्रक्षेपण, अधिकांश भूभाग अन्धकार !

आइतवार , कार्तिक २३, २०८२

एजेन्सी । रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ । स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हो । आक्रमणपश्चात् युक्रेनका थप धेरै क्षेत्र अन्धकारमय बनेका छन् ।

सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनाले शनिबार बिहान (स्थानीय समय) जनाएको छ ।

युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा रातभर ५०३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो । त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए । तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए ।

जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए । ४०६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ ।

रुसी आक्रमण मुख्यतया ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए । सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077