Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

हेटौंडामा ५०० घरटहरा भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, रोकियो काम

हेटौंडामा ५०० घरटहरा भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, रोकियो काम

आइतवार , मंसिर २१, २०८२

हेटौँडा । हेटौंडा बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि रोकिएको छ।

सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश पाएपछि सडक डिभिजन हेटौंडाले तत्कालका लागि हेटौँडा सडक विस्तार कार्य रोकिएको हो।

सडक डिभिजनले एसियन होइवे निर्माणका लागि शनिबार एकैदिन दायाँबायाँ २५/२५ गजभित्र रहेका करिब ५०० वटा घरटहरा र संरचना भत्काएको थियो ।

सर्वोच्चले शुक्रबार नै हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि आइतबार मात्रै आदेश सडक डिभिजन कार्यालयमा पुगेको हो।

त्यसपछि कार्यालयले पत्रकार सम्मेलन गर्दै तत्कालका लागि सडक विस्तार कार्य रोकिएको जनाएको छ।

हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

रास्वपा नेतृ विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले तत्काल सडक विस्तारको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न मंसिर २६ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुनसमेत आदेश दिएको छ।

रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सडक डिभिजन कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलगायत विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077