काठमाडौं। जेनजी आन्दोलनमा मारिएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरिएको छ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेकाहरुको नामावली सबै जिल्ला प्रशासन कार्यालयहरुमा राख्न पत्राचार गरेको हो ।
सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै ती नामहरु ३ दिनभित्र राख्न भनिएको छ ।
गृहमन्त्रालयका अनुसार शहीदहरुको नाम ‘जेनजी सुशासन योद्धा’ को रुपमा जिल्ला प्रशासन कार्यलय र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा टाँसिनेछ ।
यस्तो छ सुचना
