Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति पुग्यो ?

अन्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति पुग्यो ?

सोमवार , मंसिर २२, २०८२

चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए ।

नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ । त्यसानुसार ठूलो (एक्सएल) अन्डा प्रतिक्रेट (३० वटा) को ५८०, ठूलो अन्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ ।

गएको साउनमा यसअघि हालसम्मकै सबैभन्दा बढी ठूलो अन्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुर्‍याइएको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झारिएको थियो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढाइएको हो । उनका अनुसार, भारतीय अन्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अन्डाले लागत मूल्य पाएको हो ।

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अन्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अन्डा नेपाल भित्रन नपाएको उनले बताए ।

उनले भने, 'भारतीय सीमानाकामा कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।' सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ ।

संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार, भारतमा समेत अन्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अन्डा भित्र्याउने प्रयास समेत कम भएको उनले बताए ।

अन्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अन्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाउने उनले बताए ।

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं संघको अन्डाको बजारीकरण अभियानमा लागिरहेका राजेन्द्र लामिछाने जाडो महिनामा यसको खपत बढ्ने बताउँछन् । हाल नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अन्डा उत्पादन हुने गरेको अनुमान छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077