Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व एआईजी भण्डारी

चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व एआईजी भण्डारी

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन्। इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रेष्ठ पर्यटन बोर्डको कर्मचारी हुन्। वन मन्त्री बनेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन्।

नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषदको आकार १४ सदस्यीय भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077