Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पर्यटन बोर्डको ६९ करोड भ्रष्टाचारमा मुछिएकी श्रद्धा श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले बनाइन् मन्त्री

पर्यटन बोर्डको ६९ करोड भ्रष्टाचारमा मुछिएकी श्रद्धा श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले बनाइन् मन्त्री

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नेपाल पर्यटन वोर्डमा भएको ६९ करोड भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेकी श्रद्धा श्रेष्ठ जेनजी सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् ।

भदौ २३ गते भएको ‘नरसंहार’ र २४ गते भएको आगजनी तथा तोडफोडपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचारमा मुछिएकी श्रेष्ठलाई मन्त्री बनाएपछि चौतर्फी विरोध सुरु भएको छ ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन सिफारिस गर्दा उनको चर्को आलोचना भएको थियो ।

सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ता विरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक भएपछि कार्कीले सपथ रोकेकी थिइन् ।

तर, अहिले भने सपथग्रहण पछि मात्रै श्रेष्ठका कर्तुतहरु बाहिर आएपछि कार्कीको आलोचना सुरु भएको छ । जेनजीको मर्म विपरित भ्रष्टाचारमा मुछिएकी श्रेष्ठलाई मन्त्री बनाएको भन्दै कार्कीको आलोनना भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न रहेको आरोपमा बोर्डका तत्कालिन कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र श्रेष्ठसहित २३ जनालाई प्रतिवादी बनाएर २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा सरकारी साक्षीको रुपमा श्रद्धा श्रेष्ठलाई पनि आयोगले प्रतिवादी बनाएको थियो । आयोगले उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो ।

श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन् । यद्यपी विशेष अदालतलले श्रेष्ठसहित २० जनालाई भने सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077