Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राजसंस्था जनमतसंग्रहबाट होइन, राष्ट्रिय सहमतिबाटै पुनर्स्थापित हुनुपर्छ : राजेन्द्र लिङदेन

राजसंस्था जनमतसंग्रहबाट होइन, राष्ट्रिय सहमतिबाटै पुनर्स्थापित हुनुपर्छ : राजेन्द्र लिङदेन

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको पुनर्स्थापना जनमतसंग्रह वा द्वन्द्वमार्गबाट नभई सबै राजनीतिक शक्तिहरूबीचको राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने स्पष्ट गरेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था स्थापित गर्ने प्रक्रियालाई शान्तिपूर्ण, संवैधानिक र सहमतिको मार्गबाट अघि बढाउनुपर्ने जिकिर गरे।

लिङदेनले भने, 'राजसंस्था पुनर्स्थापनाका लागि यदाकदा उठ्ने जनमतसंग्रहको प्रसंगमा राप्रपा आफ्नो धारणा फेरि स्पष्ट पार्न चाहन्छ। हाम्रो परिकल्पनाको राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट नै पुनर्स्थापित हुनुपर्छ।'

उनले वर्तमान राजनीतिक समस्याको समाधान तथा जेन–जी पुस्ताद्वारा उठाइएका माग सम्बोधन नगरी यथास्थितिमा प्रस्तावित चुनावले मुलुकलाई दिगो निकास नदिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077