Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जबजको आधारभूत मान्यता अपनाएर एमालेको नेतृत्व चयन हुने विद्या भण्डारीको विश्वास

जबजको आधारभूत मान्यता अपनाएर एमालेको नेतृत्व चयन हुने विद्या भण्डारीको विश्वास

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनले सक्षम नेतृत्व निर्माण गर्ने विश्वास लिएकी छन् ।

शनिबार बिहान शुभकामना दिँदै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी हुन् ।

'तपाईँ महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ,' उनले भनेकी छन्,'यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।'

उनले मुलुक तरल राजनीतिक अवस्थाबाट गुज्रिएको भन्दै एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन् ।

उनले भनिन्, मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना ।'

पार्टीले सदस्ता नवीकरण नगरेपछि भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077