Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाबाट एकैदिन ७५ नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत् काठमाडौं छाडियो

अमेरिकाबाट एकैदिन ७५ नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत् काठमाडौं छाडियो

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । अमेरिकाले एकैदिन ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) गरेको छ ।

बिहीबार अमेरिकाले एकैदिन डिपोर्ट गरेका ६ महिलासहित ७५ नेपाली चार्टर्ड विमानमार्फत् बिहीबार काठमाडौं आइपुगेका हुन् ।

अध्यागमन विभागका अनुसार हालसम्म  अमेरिकाबाट देश निकालामा परेका नेपालीको संख्या ४६३ पुगिसकेको छ ।

यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । अमेरिकाले २०८२ जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । सन् अमेरिकाले २०२४ मा पहिलो पटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । उनीहरुलाई पनि अमेरिकाले चार्टर्ड विमानमा नेपाल पठाइएको थियो ।

अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले २०२५ जनवरी २० मा शपथ लिएसँगै अमेरिकाले आप्रवासीसम्बन्धी कडा कदम चाल्ने घोषणा गरेका थिए । शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो ।

त्रिभुवन विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीले सोधपुछ गर्ने गरेको छ । प्रायः अवैध बाटोमार्फत् अमेरिका पुगेकाहरु डिपोर्टमा पर्ने गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077