Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हातखुट्टामा नेल र हत्कडीसहित अमेरिकाबाट फर्काइए ३५ नेपाली, विद्यार्थी पनि परे

हातखुट्टामा नेल र हत्कडीसहित अमेरिकाबाट फर्काइए ३५ नेपाली, विद्यार्थी पनि परे

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । अमानवीय व्यवहारसहित काठमाडौं डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् ।

एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएका हुन् ।
अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि डिपोर्ट भएका र बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् ।

यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

फर्काइएकाहरू अधिकांशजसो रुकम तथा दाङतिरका रहेकाले प्रहरीले बताएको छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् । निराश र हतास मनस्थितिमा देखिएका उनीहरुले प्रहरीसँग अमेरिका जाने क्रममा पैसा दिइएका व्यक्तिसँग आफैँले सम्पर्क गर्ने बताएका थिए ।

फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो । उनीहरुले हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए ।

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077