काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन्।
१२औँ तहका उपमहानिर्देशक रहेका कर्णले आजै प्राधिकरण पुगेर कार्यभार सम्हालेका छन्।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई नलिनचोक हेलीपोर्टमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई निमित्त दिइएको थियो।
तर अहिले मन्त्रालयले प्राधिकरणभित्रबाटै निमित्त महानिर्देशक नियुक्त गरेको हो।