Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीले दिए शुभकामना

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीले दिए शुभकामना

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले नेपालको परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएकामा बधाई ज्ञापन गरेका छन् ।

मन्त्री शर्मालाई बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गरेका हुन् ।

साथै उनले दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताए ।

रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077