Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पुस २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज पुस २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

सोमवार , पौष २८, २०८२

काठमाडौं । आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल ।

मेष

कार्यक्षेत्रमा कामलाई लिएर तनाव महसुस हुनेछ। इच्छा आकांक्षा पूरा हुनेछ। परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। दैनिकी काममा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। बैठकमा आफ्ना कुराहरूलाई मजबुतीको साथ राख्न सकिनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ। कुनै कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। दाजुभाई वा शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

नयाँ वस्त्र वा अलंकारको प्राप्ति होला। बुद्धिको उपयोगले जटिल काम समयमा सम्पादन हुनेछ। कृषिक्षेत्रमा सफलता मिल्नेछ। काम गर्दा हतार नगर्नु राम्रो हुनेछ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक देखिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

कीर्तिमानी काम गर्ने समय रहेको छ। घरपरिवार वा नजदिकी छरछिमेकीको सहयोग मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

काममा अनुशासन आवश्यक रहनेछ। आर्थिक पक्ष स्थिर रहने संकेत छ। परिवारको सल्लाह उपयोगी हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी सावधानी अपनाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृष

पुराना विवादास्पद समस्याहरू सुल्झिनेछन्। सेवामूलक कामबाट सुख शान्ति वा प्रतिष्ठा मिल्नेछ। स्वास्थ्यलाई लिएर आकस्मिक खर्च बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

परिवार र समाजको बीचमा राम्रो छवि बनाउन सकिनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनुहोस्। आर्थिक पक्षलाई लिएर सन्तोषजनक संकेत देखिएको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

काममा नेतृत्वदायी भूमिका निभाउनु पर्ला। भाषण र अभिव्यक्ति कलामा निखार आउनेछ। साहित्य वा कलाको क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

भनेको कुराको विपरीत अर्थ लाग्नेछ सचेत रहनुहोस्। शैक्षिक क्षेत्र अलि कमजोर देखिएको छ। स्वास्थ्यमा गडबडीले कामकाजमा असर पार्न सक्छ। बिदेशतिरबाट शुभ सूचना प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

मकर

काममा धैर्य आवश्यक देखिन्छ। अचानक भावनात्मक प्रतिक्रिया आउन सक्छ। नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। काममा उत्साह बढ्नेछ। साथी वा गुरुबाट सहयोग मिल्न सक्छ। यात्राको योजना बन्न सक्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन

भोलि नयाँ नयाँ विचार मनमा आउनेछन्। मित्रसँगको भेट लाभदायक हुनेछ। धार्मिक वा आध्यात्मिक सोच बढ्नेछ। मन भावुक हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077