Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राष्ट्रपतिपुत्री संज्ञाले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता

राष्ट्रपतिपुत्री संज्ञाले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता

मंगलवार , पौष २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री संज्ञा पोखरेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।

राष्ट्रपतिपुत्री संज्ञालाई प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा नाम पठाएको थियो । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो । उनको नाम सूचीमा परेसँगै राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना भएको थियो ।

त्यसपछि उनले सोमबार आयोगमा पुगेर आफ्नो नाम फिर्ता लिएकी हुन् । नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी संज्ञा कास्कीबाट प्रतिनिधित्व गर्छिन् ।

निर्वाचन आयोगले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिन चाहनेलाई पुस २८को दिन तोकेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077