Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गगन र विश्वप्रकाशलाई गरेको कारबाही कुनै कानुनी वैधता छैन : पुष्पा भुसाल

गगन र विश्वप्रकाशलाई गरेको कारबाही कुनै कानुनी वैधता छैन : पुष्पा भुसाल

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतमाथि गरिएको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताएकी छन् ।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलमा भुसालले बन्दसत्रबाट पारित सर्वसम्मत निर्णयअनुसार केन्द्रीय कार्यसमिति विघटन भइसकेको हुँदा त्यसपछि कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको तर्क गरिन् ।

उनले भनिन्, 'विघटन भइसकेको अवस्थामा केन्द्रीय कार्यसमितिले पदाधिकारीमाथि स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै गुमाइसकेको छ। आजको कारबाहीको कानुनी वैधता छैन र महाधिवेशन प्रतिनिधिले यसलाई चिन्दैन ।'

भुसालले विशेष महाधिवेशनले पार्टीको नयाँ नीति पारित गर्दै नयाँ नेतृत्व चयन गरेको र त्यसको माध्यमबाट पार्टी आसन्न निर्वाचनमा अघि बढ्ने दाबी पनि गरेकी छन् । उनले विधानअनुसार विघटन भइसकेको कार्यसमितिले कुनै निर्णय गर्ने कानुनी अधिकार नभएको स्पष्ट पारिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077